गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिकरुपमा उदघाटन, अवतरण गरे दुई जहाज

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिकरुपमा उदघाटन, अवतरण गरे दुई जहाज

२०७९, जेठ २ सोमवार

  • 2.2K
    SHARES

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिकरुपमा उदघाटन, अवतरण गरे दुई जहाज

    भैरहवा । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उदघाटनको क्रममा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुबेतबाट आएको जजिरा एयरबेजको जहाज अवतरण गरेका छन् ।

    विमानस्थल कार्यालयका अनुसार नेपाल वायुसेवा निगम (नेवानी)को पहिलो जहाज आज बिहान ६ बजेर ५५ मिनेटमा र जजिराको जहाज ७ बजेर ८ मिनेटमा अवतरण गरेका हुन् । यससँगै नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान प्रारम्भ भएको छ ।

    नेवानिले काठमाडौंबाट कमर्सियल उडान र जजिराको जहाज भने दोहाबाट कुबेत ट्रान्जिट गरी नेपाल आएको हो ।

    यस अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान भने जेठ २९ गतेबाट मात्र हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    २०७९, जेठ २ सोमवार०७:३७:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार