दमक । प्रदेश १ का पूर्व आन्तरिक मामिला मन्त्री एवं नेकपा एमाले स्थायी कमिटी सदस्य र नेकपा एमालेका झापा अध्यक्ष दिपक कार्कीको गृह वडामा स्वतन्त्र उमेदवार निर्वाचित भएका छन्।
झापाको गौरादह नगरपालिका वडा नम्बर ३ अध्यक्षमा स्वतन्त्र उमेदवार दिलीप भण्डारी निर्वाचित भएका छन्। उनी नेकपा एमालेका वागी उमेदवार हुन् । उनको चुनाव चिन्ह जेब्रा ( बन घोडा) थियो ।
उनी एमालेका आधिकारिक उम्मेद्वार गजेन्द्र घिमिरे भन्दा झण्डै दोब्बर मत ल्याएर निर्वाचित भएका हुन्।
भण्डारीले १०९४ मत प्राप्त गरेका छन् भने घिमिरेले ५८६ मत पाएका छन्।
गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेद्वार शेरबहादुर कार्कीले ४७२ मत प्राप्त गरेका छन्।