बालेनले कटाए १५ हजार मत

बालेनले कटाए १५ हजार मत

२०७९, जेठ ४ बुधवार

  • 1.4K
    SHARES

  • बालेनले कटाए १५ हजार मत

    काठमाडौँ। काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)को मत १५ हजार नाघेको छ ।

    ताजा परिणाम अनुसार शाहले १५ हजार ८०३ मत पाएका हुन् ।

    उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ७ हजार ७ सय २३ मत अन्तरले अगाडि छन् । स्थापितले ८ हजार ८० र सिंहले ७ हजार २९० मत पाएका छन् ।

    यस्तै उपमेयरमा सुनिता डङ्गोलको अग्रता कायमै छ ।

    अहिलेसम्म ३९ हजार ५२० मत गणना सकिएको छ । अहिले वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को गणना जारी छ ।

    २०७९, जेठ ४ बुधवार०८:१३:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार