काठमाडौँ महानगर अपडेट : बालेनले कटाए २० हजार मत

काठमाडौँ महानगर अपडेट : बालेनले कटाए २० हजार मत

२०७९, जेठ ५ बिहिवार

  • 1.3K
    SHARES

  • काठमाडौँ महानगर अपडेट : बालेनले कटाए २० हजार मत

    काठमाडौँ । काठमाडौँ महानगरको जारी मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले २० हजार भोट कटाएका छन् ।

    ५४, ६२१ भोट गणना हुँदा बालेनले २१,१११ भोट पाए भने उनको प्रतिस्पर्धी एमालेका मेयर उम्मेदवार केशव स्थापित १०, ९९८ भोटमा सीमित भएका छन् ।

    त्यस्तै काँग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १०, १७३ भोट ल्याएकी छन् ।

    मतगणना जारी स्थापितको गृहवडा काठमाडौँको २८ नम्बर वडामा समेत स्थापित पछि परेका छन् । यहाँ बालेनले ३७८ भोट ल्याए भने स्थापितले ३४५ मात्रै प्राप्त गरे । 

    २०७९, जेठ ५ बिहिवार०७:१७:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार