भरतपुरमा ५३,३४६ मतगणना : रेनु ३३ सय मतान्तरले अगाडी

भरतपुरमा ५३,३४६ मतगणना : रेनु ३३ सय मतान्तरले अगाडी

२०७९, जेठ ६ शुक्रवार

  • 1.5K
    SHARES

  • भरतपुरमा ५३,३४६ मतगणना : रेनु ३३ सय मतान्तरले अगाडी

    काठमाडौँ । भरतपुर महानगरपालिकामा ५३ हजार ३४६ मतको गणना भएको छ ।

    जारी गणनामा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिइरहेकी छन् । रेनुले २० हजार २२४ मत पाएकी छन् । एमालेका विजय सुवेदीले १६ हजार ९१७ मत पाएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ७ हजार ८४० मत प्राप्त गरेका छन् । रेनु उनलाई पछ्याइरहेका विजयभन्दा ३ हजार ३०७ मत अघि छिन् ।

    उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले २२ हजार ६९६ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले १३ हजार ४६९ मत प्राप्त गरेकी छन् ।

    अहिले ११ र १२ नम्बर वडाको मतगणना भइरहेको छ । दुवै वडाको वडाध्यक्षमा एमालेले अग्रता लिएको छ ।

    २०७९, जेठ ६ शुक्रवार०७:०४:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार