मुख्यमन्त्री लालबाबु राउतकी पत्नी गाउँपालिका उपाध्यक्षमा पराजित

मुख्यमन्त्री लालबाबु राउतकी पत्नी गाउँपालिका उपाध्यक्षमा पराजित

२०७९, जेठ ६ शुक्रवार

  • 1.7K
    SHARES

  • मुख्यमन्त्री लालबाबु राउतकी पत्नी गाउँपालिका उपाध्यक्षमा पराजित

    विरगञ्ज । गाउँपालिकाको उपाध्यक्षमा चुनाव लडेकी मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी पत्नी पराजित भएकी छिन्।

    पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा लडेकी मुख्यमन्त्री राउतकी पत्नी जलेखा खातुन पराजित भएकी हुन्।

    गाउँपालिकाकी उपाध्यक्षमा उनी नेपाली कांग्रेसका उमेदवार बबिता सिंहसँग २ हजार ४०८ मत अन्तरले पराजित भइन्।

    उपाध्यक्षमा सिंह ५ हजार ५३१ मत प्राप्त गरी विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मिरादेवी कुर्मीले ३ हजार ३४५ मत ल्याइन्।

    मुख्यमन्त्री राउतकी पत्नी खातुनले ३ हजार १२३ मत मात्र प्राप्त गर्न सकिन् । 

    २०७९, जेठ ६ शुक्रवार०९:१९:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार