भक्तपुर । वशिष्ठ लायन्स क्लवका चार्टर प्रेसिडेन्ट जेपी भट्टराई ३२५ एल डिस्ट्रिक्ट लायन्स क्वेष्ट चेयरपर्सनमा मनोनित भएका छन् ।
दोस्रो कार्यकालका लागि लायन्स क्लब अफ वशिष्ठका प्रेसिडेन्ट रहेका भट्टराईलाई डिस्ट्रिक्ट गभर्नर मणिरत्न बज्राचार्यले लायन्स क्वेष्ट चेयरपर्सनमा मनोनित गरेका हुन् ।
सामाजिक सेवामा अव्वल रहेका भट्टराईलाई उनको थप योगदानको अपेक्षा गर्दै क्वेष्ट चेयरपर्सन जस्तो महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएको बताइएको छ ।
भट्टराईलाई आज भक्तपुर राधेराधे स्थित भट्टराई कुलवंश प्रतिष्ठान वागमती प्रदेश कार्यालयमा सम्मान समेत व्यक्त गरिएको छ ।
प्रमुख अतिथि समेत रहेका प्रतिष्ठानका अध्यक्ष नारायण भट्टराईले अविर तथा खादा ओढाएर उनलाई सम्मान गरे ।