काठमाडौँमा १ लाखमाथि गणना, बालेन १७ हजार मतले अगाडि

काठमाडौँमा १ लाखमाथि गणना, बालेन १७ हजार मतले अगाडि

२०७९, जेठ ८ आइतवार

  • 1.2K
    SHARES

  • काठमाडौँमा १ लाखमाथि गणना, बालेन १७ हजार मतले अगाडि

    काठमाडौँ । काठमाडौँ महानगरपालिकामा एक लाख मतगणना सकिएको छ।

    आइतबार बिहान ५ बजेसम्मको मतपरिणाम अनुसार एक लाख ६ हजार ३५२ मतगणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले १७ हजार ३४ मतान्तरसहित अग्रता लिइरहेका छन्। अब गन्न बाँकी रहेको ८४ हजार मतले काठमाडौं महानगरपालिकाको मेयरको छिनोफानो गर्नेछ । 

    शाहले ३८ हजार ३३३ मत पाउँदा गठबन्धनतर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहको मत २१ हजार २९९ रहेको छ भने एमाले उम्मेदवार केशव स्थापित २१ हजार ८ मतले पछ्याइरहेका छन्।

    पहिलो स्थानमा रहेका बालेन र तेस्रो स्थानमा रहेका स्थापितबीच १७ हजार ३२५ मतान्तर रहेको छ।

    २०७९, जेठ ८ आइतवार०७:१०:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार