आज देशका केही प्रदेशमा मध्यम वर्षाको सम्भावना

आज देशका केही प्रदेशमा मध्यम वर्षाको सम्भावना

२०७९, जेठ १० मंगलवार

  • 937
    SHARES

  • आज देशका केही प्रदेशमा मध्यम वर्षाको सम्भावना

    काठमाडौँ । आज देशभर केही प्रदेशमा वर्षाको सम्भावना छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    राति प्रदेश १, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा र बाँकी भूभागका एक / दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    बुधबार पनि प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ।

    हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

    २०७९, जेठ १० मंगलवार०७:५९:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार