शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विध्यार्थी आन्दोलित

शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विध्यार्थी आन्दोलित

२०७९, जेठ १० मंगलवार

  • 1.3K
    SHARES

  • शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विध्यार्थी आन्दोलित

    काठमाडौँ । आफ्नै कलेजमा प्राध्यापनरत शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेज चाबहिलका विद्यार्थी आन्दोलित भएका छन् ।

    कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ र १२ मा पढ्ने किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको विद्यार्थीले आरोप लगाएका छन् ।

    कोअर्डिनेटर अधिकारीले पटक पटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूले प्रहरी वृत्त गौशाला अगाडि विद्यालय पोसाकमै प्रदर्शन गरेका छन् ।

    1.jpg 

    शिक्षक अधिकारीले विध्यार्थीलाई क्याफेमा बोलाउने, संवेदनशील अंग छुने, मिनिस्कर्टका वारेमा भद्दा जोक गर्ने गरेको विध्यार्थीको आरोप छ ।

    दुर्व्यवहारबारे विद्यालयलाई जानकारी गराउँदा समेत कलेज प्रशासनले ती शिक्षकलाई कारबाही नगरेको भन्दै विद्यार्थीहरूले प्रदर्शनी गरेका हुन् ।

    बिहानैदेखि कलेजमा नाराबाजी गरेर विध्यार्थीले आन्दोलन शुरु गरेका थिए । आन्दोलनरत विध्यार्थीसॅगको वार्ता सकारात्मक नभए पछि विवाद प्रहरीवृत्त गौशाला सम्म पुगेको छ ।

    3.jpg

    अहिले ठूलो संख्यामा विध्यार्थी जम्मा भएर प्रहरी कार्यालय अगाडी नारावाजी गर्दै दोषी शिक्षकलाई कारवाही गर्न दवाव दिइरहेका छन् ।

     

    २०७९, जेठ १० मंगलवार०२:३३:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार