काठमाडौंमा आजदेखि तीनदिन कोभिड–१९ विरुद्धको खोप अभियान

काठमाडौंमा आजदेखि तीनदिन कोभिड–१९ विरुद्धको खोप अभियान

२०७९, जेठ १२ बिहिवार

  • 1.7K
    SHARES

  • काठमाडौंमा आजदेखि तीनदिन कोभिड–१९ विरुद्धको खोप अभियान

    काठमाडौं । काठमाडौं महानगरपालिकामा आजबाट तीनदिन कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । काठमाडौं महानगरपालिकाले खोप अभियान सञ्चालन गर्न लागेको हो । 

    मोर्डना र फाइजर खोप दिइने महानगरपालिकाले जनाएको छ । महानगरका ३२ वटै वडा कार्यालयका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोेकेका स्थानमा बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप लगाइने छ । 

    पहिलो र दोस्रो डोज लगाएको तीन महिना पूरा भएका १८ वर्ष माथिका सबैलाई मोर्डना खोप र १२ वर्षदेखि र १७ वर्षसम्मका नागरिकलाई मोर्डना वा फाइजर खोप दिन सकिने महानगरले स्पष्ट पारेको छ । 

    दोस्रो डोज वा बुस्टर मात्रा लगाउनेले यसअघिको खोप कार्ड र पहिलो मात्रा लगाउन आउनेल परिचय खुल्ने कागजात ल्याउनु पर्ने महानगरपालिकाले जनाएको छ । 

    २०७९, जेठ १२ बिहिवार०७:०७:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार