बालेनको विजयोत्सवमा भव्य र्‍यालीको तयारी, यस्तो छ र्यालीको रुट

बालेनको विजयोत्सवमा भव्य र्‍यालीको तयारी, यस्तो छ र्यालीको रुट

२०७९, जेठ १२ बिहिवार

  • 1.7K
    SHARES

  • बालेनको विजयोत्सवमा भव्य र्‍यालीको तयारी, यस्तो छ र्यालीको रुट

    काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका छन् । यद्यपि घोषणा भने हुन बाकी नै छ । 

    आयोगले सम्भवत आज दिउँसो २ः०० बजे सम्ममा घाषणा गरिसक्ने अनुमान गरिएको छ । अब महानगरको १४ नं वडाको १४ सय मत मात्र गन्न बाँकि रहेकाले आजै दिउँसो विजय र्याली निकाल्न सकिने बालेनकी स्वयंसेवी कार्यकर्ता ज्योति गैरेले बताइन् ।

    गणनामा समय लागि निर्वाचित भएको घोषणा ढिलाई भएमा र्यालीको लामो रुटका कारण तथा कार्यालय समयमा सर्वसाधारणलाई कष्ट नहुने गरि भोलि बिहान मात्र विजय र्याली आयोजना गरिने पनि गैरेको भनाई छ । 

    उनका अनुसार मतगणनास्थल सभागृहबाट र्‍याली सुरु भएर भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर, कलंकी, चक्रपथ परिक्रमा गर्दै स्वयम्भु, बालाजु, महाराजगञ्ज, चावहिल, गौशाला, एयरपोर्ट, सिनामंगल, पुरानो बानेश्वर, मैतिदेवी, पुतलीसडक, बागबजार हुँदै खुल्लामञ्चमा गएर समापन गरिने छ ।

    आफ्नो जित सुनिश्चित भएपछि बालेनले हिजो सामाजिक सञ्जालमा स्टाटस लेख्दै विजयोत्सवको साटो धन्यवाद र्‍याली निकाल्न समर्थकलाई अपिल गरेका थिए । 

    यस ऐतिहासिक जितका अवसरमा सडकमा निस्किएर विजयी उमेदवार तथा लाखौं समर्थकलाई धन्यवाद व्यक्त गर्न अर्का स्ययंसेवी अभियन्ता भुपदेवले आग्रह गरेका छन् । 

    २०७९, जेठ १२ बिहिवार११:३२:४०
    प्रतिक्रिया
    सम्बन्धित समाचार