हेटौँडा । वागमती प्रदेश सरकारका मुख्यमन्त्री फेरिने भएका छन् ।
गठबन्धनको निर्णय बमोजिम अब वागमती प्रदेशको मुख्यमन्त्रीमा वर्तमान मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई विस्थापन गर्दै नेपाली कांग्रेसका इन्द्र बानिया मुख्यमन्त्री बन्ने भएका छन् । पाण्डे नेकपा एकिकृत समाजवादीका सांसद हुन् ।
सम्भवतः सरकारले असार १ गते प्रस्तुत गर्ने बजेट भाषण लगत्तै नेपाली कांग्रेस वागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानीयाँ मुख्यमन्त्री बन्ने भएका हुन् ।
गत कार्तिक ११ गते एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेतृत्वको नेकपा एमालेको बागमती प्रदेश सरकारलाई विस्तापित गर्दै कांग्रेस-माओवादी केन्द्रको सहयोगमा एकिकिृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका थिए । एमाले सरकारलाइ बिस्थापित गर्नेक्रममा गत कात्तिक ७ गते नै यो वर्षको बजेट भाषणपछि नेकपा एसले कांग्रेसलाई सत्ता सुम्पने सहमति भएबमोजिम बानीयाँ मुख्यमन्त्री बन्ने भएका हुन् ।
नेकपा एमालेको एकल बहुमत रहेको वागमती प्रदेशसभाको अंकगणीतमा नेकपा एकिकृत समाजवादीको विभाजनपछि फेरबदल भएको थियो । ११० जना प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा हाल १०९ जना प्रदेशसभा सदस्यहरु छन् ।
जसमध्ये सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका एक सांसद छन् ।
विपक्षमा रहेको नेकपा एमालेको ४३ जना सदस्यहरु छन् भने विवेकशील साझाका तीन, नेपाल किसान मजदूर पार्टी र राप्रपाका एक-एक सांसद छन् । वागमती प्रदेश सरकारको लागि सरकार गठन गर्न ५५ सांसदको समर्थन चाहिन्छ ।