नवनिर्वाचित पोखरा महानगरका मेयर आचार्यलाई आयोगले सोध्यो स्पष्टीकरण

नवनिर्वाचित पोखरा महानगरका मेयर आचार्यलाई आयोगले सोध्यो स्पष्टीकरण

२०७९, जेठ १४ शनिवार

  • 1.8K
    SHARES

  • नवनिर्वाचित पोखरा महानगरका मेयर आचार्यलाई आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडौँ । निर्वाचन आयोगले पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यलाई स्पष्टीकरण सोधेको छ ।

    निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको बदनियतका कारण चिह्न व्यवस्थापन गर्दा मत बदर भएको भनी सार्वजनिक अभिव्यक्ति दिएपछि आयोगले आचार्यलाई स्पष्टीकरण सोधेको हो ।

    आचार्यले केही दिनअघि निर्वाचन आयोगको बदनियतका कारण स्थानीय तह निर्वाचनमा ठुलो सङ्ख्यामा मत बदर भएको र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया संवैधानिक निकायको मर्यादामा नबसेकै कारण ५० प्रतिशत भन्दा बढी मत बदर हुन गएको भनी अभिव्यक्ति दिएका थिए ।

    २०७९, जेठ १४ शनिवार०४:१८:४९
    प्रतिक्रिया
    सम्बन्धित समाचार