त्रियुगा नगरपालिका प्रमुखमा काँग्रेस, उपप्रमुखमा एमाले विजयी

त्रियुगा नगरपालिका प्रमुखमा काँग्रेस, उपप्रमुखमा एमाले विजयी

२०७९, जेठ १७ मंगलवार

  • 2.3K
    SHARES

  • त्रियुगा नगरपालिका प्रमुखमा काँग्रेस, उपप्रमुखमा एमाले विजयी

    उदयपुर । त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।

    मतगणनाको सोमवार प्राप्त भएको परिणामअनुसार प्रमुखमा काँग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका छन् । उनले १३ हजार ९५९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भागवत राउतले ११ हजार ८३८ मत प्राप्त गरेका छन् । 

    यस्तै उपप्रमुखमा एमालेकी महेस्वरी राईले १३ हजार ७०३ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सरिता राईले ११ हजार ९१८ मत र माओवादी केन्द्रकी गीता खड्काले ६ हजार ५६८ मत प्राप्त गरिन् । 

    नगरको १६ वडामध्ये काँग्रेस वडा नं १, ३, ४, ५, ८, ९, ११, १२ र १३ मा प्यानलसहित विजयी भयो । एमालेले वडा नं २, ६, ७ र १० वडामा विजय हासिल गरेको छ । यस्तै माओवादी केन्द्रले वडा नं १४, १५ र १६ मा विजय हासिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    काँग्रेस त्रियुगा नगरपालिकामा गठबन्धनबिना एक्लै चुनाव लडेको थियो । उदयपुरको आठ पालिकामध्ये काँग्रेसले त्रियुगा, कटारी र बेलका नगरपालिकामा प्रमुख पदमा विजय हासिल गरेको छ ।

    एमालेले चौदण्डीगढी नगरपालिकामा मात्र प्रमुख र उपप्रमुख जितेको छ भने कटारी, त्रियुगा र बेलका नगरपालिकामा उपप्रमुखमा विजय हासिल गरेको छ ।

    माओवादी केन्द्र लिम्चुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिका र ताप्ली गाउँपालिकामा अध्यक्षमा विजयी भएको थियो भने सो गाउँपालिकाको उपाध्यक्षमा कांग्रेस विजयी भएको थियो ।

    उदयपुरगढी गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) अध्यक्षमा र उपाध्यक्षमा कांग्रेस विजयी भयो । 

    २०७९, जेठ १७ मंगलवार०७:१३:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार