एमालेद्वारा बागमती प्रदेशसभा अवरुद्ध

एमालेद्वारा बागमती प्रदेशसभा अवरुद्ध

२०७९, जेठ १९ बिहिवार

  • 1.2K
    SHARES

  • एमालेद्वारा बागमती प्रदेशसभा अवरुद्ध

    मकवानपुर । बागमती प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । बैठक सुरु भएलगत्तै नेकपा (एमाले)ले अवरोध गरेपछि बैठक केही समयका लागि स्थगन गरिएको छ ।

    सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदले उठेर विरोध जनाएका थिए ।  

    त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले एमालेका मुख्य सचेतक दीपक निरौलालाई आफ्ना भनाइ राख्न समय उपलब्ध गराएका थिए ।  

    मुख्य सचेतक निरौलाले पशुपन्छी तथा मत्स्य विकास केन्द्रका तीन कर्मचारीलाई वर्तमान सरकारले आफू अनुकूल नभएकाले सरुवा गरेको भन्दै विरोध जनाए । 

    उनले घटनाको सत्यतथ्य छानबिन गर्न सर्वपक्षीय छानबिन समिति गठनको प्रक्रिया अघि नबढाउञ्जेल संसद्मा अवरोध कायमै राख्ने बताएपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक १० मिनेटका लागि स्थगन गरेका हुन् । बैठक अझै चल्न सकेको छैन ।  

    २०७९, जेठ १९ बिहिवार११:२१:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार