सिमरा विमानस्थलबाट दैनिक आधा मात्र उडान हुने

सिमरा विमानस्थलबाट दैनिक आधा मात्र उडान हुने

२०७९, जेठ २० शुक्रवार

  • 1.4K
    SHARES

  • सिमरा विमानस्थलबाट दैनिक आधा मात्र उडान हुने

    वीरगञ्ज । बारास्थित सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान कटौती हुने भएको छ ।

    विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने भएकाले २० दिन दैनिक उडान कटौती हुने भएको हो । सो अवधिमा बिहान ६ देखि ११ बजेसम्म मात्रै उडान हुने सिमरा विमानस्थलका प्रमुख भूपेन्द्र भट्टले जानकारी दिए ।  

    नियमित १२ उडान हुँदै आएको सिमरा विमानस्थलबाट सो अवधिमा दैनिक आधामात्रै उडान हुने उनले बताए ।  

    वर्षौ देखि जीर्ण अवस्थामा रहेको सिमरा विमानस्थल मर्मतसम्भार गर्न लागिएको हो । दैनिक उडानको समय कटौती गरी मर्मतको काम अघि बढाइएको हो । सप्तकोसी निर्माण सेवा कम्पनीले उक्त मर्मतसम्भारको ठेक्का लिएको छ । 

    २०७९, जेठ २० शुक्रवार०८:३७:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार