भारतमा सरकार र किसानका प्रतिनिधिबीच आठौँ चरणको वार्ता

भारतमा सरकार र किसानका प्रतिनिधिबीच आठौँ चरणको वार्ता

२०७७, पौष २१ मंगलवार

  • 1.4K
    SHARES

  • भारतमा सरकार र किसानका प्रतिनिधिबीच आठौँ चरणको वार्ता

    पौष २१, नयाँ दिल्ली । 

    भारतमा केन्द्रीय सरकारका प्रतिनिधि र आन्दोलनरत किसानका प्रतिनिधिका बीचमा सोमबार आठौँ चरणको वार्ता भएको छ । 

    आठौँ चरणसम्म पनि वार्ता निश्कर्षमा नपुगेकाले नवौँ चरणको वार्ता जनवरी ८ को दिउसो २ बजे गर्ने सहमति भएको छ ।  

    सोमबार विहान सुरु भएको वार्तामा दुवै पक्षले आ-आफ्नो अडान नत्यागेको र सहमती हुने नयाँ उपाय नभेटिएकोले सहमति हुन नसकेको अधिकारीहरुले जनाएका छन् । 
     
    वार्ताका क्रममा किसानका प्रतिनिधिहरुले कृषि सम्वन्धी तीन ओटै कानुन तत्काल फिर्ता लिनु पर्ने माग राखेका थिए ।

    वार्तामा सरकारको तर्फबाट मन्त्रीहरु नरेन्द्र सिंह टोमर, पियुष गोयल र सोम प्रकाशसहित सरकारी उच्च अधिकारीहरू सहभागी भएका थिए ।   

    वार्तामा बसेका किसानका प्रतिनिधिहरुले प्रदर्शनका क्रममा निधन भएका किसानको स्मृतिमा दुई मिनेट मौन धारण गरेका थिए । 

    वार्तापछि भारतीय किसान युनियनका प्रवक्ता राकेश टिकैटले आफ्ना मागहरु पुरा नहुँदासम्म सहमत हुन नसकिने भएकाले वार्ता टुंगोमा नपुगेको जानकारी दिए ।  

    भारतमा कृषिसम्वन्धी तीन ओटा कानून तत्काल फिर्ता हुनु पर्ने माग गर्दै किसानहरुले एक महिनाभन्दा बढी समयदेखि आन्दोलन गरिरहेका छन् ।-एजेन्सी ।  

    २०७७, पौष २१ मंगलवार०७:००:०२
    प्रतिक्रिया
    सम्बन्धित समाचार