नेपालमा रहेका भारतीय नागरिकलाई आफ्नो विवरण दर्ता गराउन दुतावासको आग्रह 

नेपालमा रहेका भारतीय नागरिकलाई आफ्नो विवरण दर्ता गराउन दुतावासको आग्रह 

२०७९, जेठ २५ बुधवार

  • 1.2K
    SHARES

  • नेपालमा रहेका भारतीय नागरिकलाई आफ्नो विवरण दर्ता गराउन दुतावासको आग्रह 

    काठमाडौँ । नेपालमा रहेका भारतीय नागरिकले अब काठमाडौँस्थित भारतीय दूतावास कार्यालयमा आफ्नो विवरण दर्ता गराउनु पर्ने भएको छ ।

    काठमाडौँको लैनचौरस्थित भारतीय दूतावासले एक सूचना जारी गरी कुनै पनि कूटनीतिक सुविधा पाउनका लागि भारतीय नागरिकले विवरण दर्ता गराउनु अनिवार्य छ । यसका लागि दूतावासको वेबसाइटमा गएर अनलाइन अपोइन्टमेन्ट बुक गर्न सकिने सूचनामा उल्लेख छ ।

    दर्ताका लागि भारतीय नागरिक भएको प्रमाण (पासपोर्ट वा भोटर आइडी कार्ड), जागिर-विद्यार्थी आदिका लागि सम्बन्धित संस्थाको पत्र, नेपालमा बस्दै आएको ठेगानाको प्रमाण र दुई थान पासपोर्ट साइजको फोटो अनिवार्य हुने दूतावासले जनाएको छ ।

    २०७९, जेठ २५ बुधवार०८:५१:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार