नेपाली सेनाले भन्यो - एसपिपीबारे सम्झौता भएको छैन, गर्न पनि हुँदैन

नेपाली सेनाले भन्यो - एसपिपीबारे सम्झौता भएको छैन, गर्न पनि हुँदैन

२०७९, आषाढ २ बिहिवार

  • 789
    SHARES

  • नेपाली सेनाले भन्यो - एसपिपीबारे सम्झौता भएको छैन, गर्न पनि हुँदैन

    काठमाडौँ । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे कुनै सम्झौता वा समझदारी नभएको र भविष्यमा पनि त्यस्तो सम्झौता गर्न कुनै प्रक्रिया नभएको स्पष्ट पारेको छ।

    विवादास्पद एसपिपी सम्झौताबारे संसद र सडकमा विरोध बढेपछि नेपाली सेनाले एसपिपीबारे प्रस्टोक्ति दिएको हो।

    सेनाले बुधबार एक विज्ञप्ति जारी गर्दै विगत लामो समयदेखि नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको सहयोग र सहकार्य सन्दर्भमा विभिन्न सञ्चारमाध्यमहरुमा चर्चामा आएको एसपिपी सम्बन्धी समाचारहरुमा नेपाली सेनाको ध्यानाकर्षण भएको उल्लेख गर्दै यससम्बन्धी कुनै सम्झौता वा समझदारी नेपाली सेनाले नगरेको स्पष्ट पारेको छ। सेनाले ‘एसपिपीसम्बन्धी कुनै सम्झौता वा समझदारी अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको’ उल्लेख गरेको छ।

    सेनाले नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू-राजनीतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थमा सदैव प्रष्ट र सचेत रहेको उल्लेख गरेको छ।

    big-1.jpg

    २०७९, आषाढ २ बिहिवार०७:०६:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार