२० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि 

२० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि 

२०७९, आषाढ ३ शुक्रवार

  • 1.3K
    SHARES

  • २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि 

    इस्लामावाद । पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएको छ । 

    यो बीचमा झण्डै २९ प्रतिशत मूल्य बृद्धि भएको पाइएको अधिकारीहरुले जनाएका छन् । देशका अर्थमन्त्री मिफ्ता इस्माइलले बुधबार फेरि मूल्य बृद्धि भएको घोषणा गरेका हुन् । 

    विश्व बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेकाले पाकिस्तानमा पनि बढेको उनको भनाई छ । उनले विश्वबजारमा बढेपछि आफ्नो देशमा पनि बढाउनुको विकल्प नरहेको उनले बताए ।  

    उनले पेट्रोलियम पदार्थको मूल्य व्यवस्थापनमा अघिल्लो सरकारका पनि केही कमजोरीका कारण समस्या भएको आरोप लगाए ।  

    गत मे २६ मा १४४.१५ पाकिस्तानी रुपैँया रहेको डिजलको मूल्य अहिलेसम्म ८३ प्रतिशत बृद्धि भएर २६३.३१ पाकिस्तानी रुपैँया पुगेको उनले जानकारी दिए । 

    त्यसैगरी पेट्रोलको मूल्य १४९.८६ बाट पटक पटक बढेर अहिले २३३.७९ रुपैँयामा पुगेको अधिकारीहरूले जनाएका छन् । 

    त्यसैगरी मट्टीतेलको मूल्य मे २६ मा ११८.३१ रहेकोमा अहिले ७३ प्रतिशतले बढेर २११.४३ पाकिस्तानी रूपैया पुगेको छ । -एजेन्सी 

    २०७९, आषाढ ३ शुक्रवार०९:३४:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार