हे मान्छे हो - हेर त,
म त मरेकै छु नि,
तिमी पनि मरेकै छौ !
शासकका विरुध्द “चॅु”
नबोल्ने लाछी हुतिहारा नपुंसक
त तिमीहरु कस्तो अन्धो
देखेनौ जात्रा
गाईजात्रे नेता
देश गाइजात्रे
नेतालाई पाहा पछारे झैँ पछार्न सकेनौ
हेर त मेरो पार्थ शरिर सतगत गर्न समेत
नाकाबन्दी लगाएका छन् विबेकहिन नेताहरु
म मुर्दाको चित्कार
म त मरेँ मरेँ
मेरो त अन्तिम यात्रा हो
म मरेर मुर्दा बनेँ,
तिमीहरु जिउँदै मुर्दा भयौ
जिऊँदो बनेर रमिता हेर्नेहरु
परिवर्तन गर्छु भन्ने नेताहरु
देखिस् !
म मरेर मुर्दा बनेँ,
तॅ नेता त जिउँदै मुर्दा बनिस् ।
——1—
न त मु्र्दा हिड्ने बाटो नै छ
न त मलामी हिडने बाटो
न त - तॅ आफैँ हिँड्ने बाटो नैँ छ
न जिऊँदाहरु हिँड्ने बाटो छ
न मरेकालाई लाने बाटो छ
मिथक नेता
चिहान खनिस्
महलमा बसिस्
हिलाम्मे सडकको रमिता
सिंहदरबारबाट देखिस् कि देखिनस् ?
नेताहरु कहिल्यै नमर्नु
मौन, जनतामाथि दाश ठान्ने
शासक हो !
झुठ, बेइमान, सस्तो आडम्वर
देखाएर आमाको चीर हरण गर्न पल्केका
ब्वाँसाहरु
मर्ने त मरे मरे,
अमुक जनतालाई
जिऊॅदै मुर्दा बनाइस्
म मरेर मुर्दा बनेँ,
तँ त जिउँदै मुर्दा बनिस् ।
फोटो स्रोत : सामाजिक संजाल
-शिक्षासेवी तथा साहित्यकार एवं रचनाकार पन्त समाजका विविध आयाममा तिखो कलम चलाउँछन् ।