भारतको पश्चिम बङ्गालसँग जोडिएका नेपालका नाका सिल

भारतको पश्चिम बङ्गालसँग जोडिएका नेपालका नाका सिल

२०७९, आषाढ ११ शनिवार

  • 1.3K
    SHARES

  • भारतको पश्चिम बङ्गालसँग जोडिएका नेपालका नाका सिल

    दमक । छिमेकी मुलुक भारतको दार्जीलिङसँग सीमा जोडिएका नेपालका नाका सिल गरिएको छ।

    दार्जीलिङमा गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसनको चुनावका कारण नेपालका नाका सिल गर्नुपरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।

    दार्जीलिङमा आइतबार चुनाव हुँदैछ। हिजो शुक्रबार बिहानदेखि ७२ घण्टाका लागि नाका सिल गरिएको हो।

    पश्चिम बङ्गालसँग सीमा जोडिएको इलामको पशुपतिनगर र झापाको काँकरभिट्टा नाका सिल भएका छन् । 

    सिल गरिएको नाका आइतबार राति १२ बजे खोलिनेछ।

    २०७९, आषाढ ११ शनिवार१२:०७:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार