उकालो लाग्दै कोरोना , २४ घण्टामा थप ६२ जनामा संक्रमण

उकालो लाग्दै कोरोना , २४ घण्टामा थप ६२ जनामा संक्रमण

२०७९, आषाढ १५ बुधवार

  • 1.2K
    SHARES

  • उकालो लाग्दै कोरोना , २४ घण्टामा थप ६२ जनामा संक्रमण

    काठमाडौं । केही दिनयता नेपालमा कोरोना भाइरसको संक्रमण विस्तारै उकालो लाग्न थालेको छ।

    पछिल्लो २४ घण्टामा देशभर थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

    स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८ पीसीआर परीक्षणमा  ५१ जना र ६१२ एन्टिजेन परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको हो।

    यससँगै हाल नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ। 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।

    पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    २०७९, आषाढ १५ बुधवार०४:५५:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार