बागमती प्रदेशसभा बैठक : आगामी आवको बजेट बहुमतले  पारित

बागमती प्रदेशसभा बैठक : आगामी आवको बजेट बहुमतले  पारित

२०७९, आषाढ १६ बिहिवार

  • 1.2K
    SHARES

  • बागमती प्रदेशसभा बैठक : आगामी आवको बजेट बहुमतले  पारित

    हेटौडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको बजेट बहुमतले पारित भएको छ ।

    प्रदेशसभाको आज बसेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेललाई उक्त बजेटसम्बन्धी प्रस्ताव पेश गर्न अनुमति दिएका थिए ।

    प्रदेश सरकारले आगामी आवका लागि कूल रु ७० अर्ब ९३ करोड अनुमानित बजेट ल्याएको थियो । यही असार १ गते बसेको प्रदेशसभामा मन्त्री जम्मकट्टेलले उक्त बजेट प्रस्तुत  गरेका थिए ।

    कूल रु ७० अर्ब ९३ करोड बजेटमध्ये चालुतर्फ रु १९ अर्ब दुई करोड, पुँजीगततर्फ रु ४१ अर्ब ५६ करोड, वित्तीय हस्तान्तरणतर्फ रु आठ अर्ब र वित्तीय व्यवस्थापनतर्फ रु दुई अर्ब बजेट विनियोजन गरिएको थियो ।

    प्रदेशसभाको आज बसेको तीन चरणको बैठकमा प्रदेश सरकारको विनियोजन विधेयक र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७९ माथि छलफल भएको थियो । बैठकले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९  पनि पारित गरेको छ ।

    बैठकमा विभिन्न मन्त्रालय र निकायहरूको बजेटका शीर्षकहरूमाथि १९ सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका थिए । खर्च कटौतीको प्रस्ताव गर्नेहरूमा विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्याल, नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाइ, नेमकिपाकी सिर्जना सैँजु, विवेकशील साझाकी शोभा शाक्य, राप्रपाकी रीना गुरुङ, नेकपा (एमाले)की गोमा भुर्तेल, आशामाया तामाङ, विनोदकुमार खड्का, नारायणप्रसाद सिलवाल, दीपक निरौला, सरस्वती बस्नेत, मैना अछामी, राजेश शाक्य, बेलीमाया घले, प्रकाश श्रेष्ठ, रामेश्वर फुयाँल, सरेश नेपाल र सीता लामा थिए ।

    २०७९, आषाढ १६ बिहिवार०६:०८:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार