भारतमा कोरोनाभाइरस संक्रमणबाट एक लाख ५० हजारको मृत्यु

भारतमा कोरोनाभाइरस संक्रमणबाट एक लाख ५० हजारको मृत्यु

२०७७, पौष २२ बुधवार

  • 1.1K
    SHARES

  • भारतमा कोरोनाभाइरस संक्रमणबाट एक लाख ५० हजारको मृत्यु

    पौष २२, काठमाडौँ ।

    भारतमा कोरोनाभाइरस संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या एक लाख ५० हजार ११४ जनाको मृत्यु भएको छ । 

    भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म एक करोड ४ लाख मानिस कोरोनाभाइरस संक्रमित भएका छन् ।

    पछिल्लो २४ घण्टामा १८ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । 

    मन्त्रालयले भारतमा अझै पनि २ लाख २७ हजार व्यक्ति सक्रिय संक्रमित रहेका र ९९ लाख ९७ हजार व्यक्ति संक्रमणमुक्त भएको जनाएको छ ।

    भारतीय राज्य केरलामा झण्डै ६४ हजार तथा महाराष्ट्र राज्यमा ५० हजार व्यक्ति सक्रिय संक्रमित छन् ।

    दिल्लीमा भने ४ हजार ५६२ जना सक्रिय संक्रमित रहेका छन् । यहाँ १० हजार ६०९ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ । 

    भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा जनवरी ५ सम्म १७ करोड ७४ लाख नमुना परीक्षण गरिएको छ । एजेन्सी 

    २०७७, पौष २२ बुधवार०५:१६:५५
    प्रतिक्रिया
    सम्बन्धित समाचार