अमेरिकी सिनेटमा डेमोक्रेट उम्मेदवार एक स्थानमा विजयी

अमेरिकी सिनेटमा डेमोक्रेट उम्मेदवार एक स्थानमा विजयी

२०७७, पौष २२ बुधवार

  • 1.6K
    SHARES

  • अमेरिकी सिनेटमा डेमोक्रेट उम्मेदवार एक स्थानमा विजयी

    पौष २२, काठमाडौँ ।
    अमेरिकाको जर्जिया राज्यमा सिनेटको दुई स्थानका लागि मंगलबार भएको निर्वाचनमध्ये एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएका छन् ।

    अमेरिकी संचारमाध्यमको नेटवर्कले जर्जिया राज्यको एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार राफेल वार्नोक विजयी भएको भएको जनाएका छन् । यस स्थानमा हाल रिपब्लीकन पार्टीबाट सिनेटर केल्ली लोफलर पुनः उम्मेदवार थिए । 

    सिबिएस, एनबिसी र सिएनएनले सिनेटर केल्ली झिनो मतान्तरले पराजित भएको जनाएका छन् । यद्यपी केल्लीले आफूले हार स्वीकारेका छैनन् । 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि यो पराजय निकै पिडादायी हुने अनुमान गरिएको छ । 

    जर्जियाकै अर्को स्थानका लागि भएको निर्वाचनको मतगणना जारी छ, र त्यहाँ पनि रिपब्लीकन र डेमोक्रेट पार्टी दुबैका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ । 

    यदि दुबै स्थानमा डेमोक्रेट पार्टी विजयी भएमा सिनेटमा डेमोक्रेट पार्टीको बहुमत पुग्नेछ, र उनले आफूले चाहेका योजना र कार्यक्रम सहजै पारित गराउन सक्नेछन् ।

    तर रिपब्लीकन पार्टीले एक स्थान जिते पनि सिनेटमा रिपब्लीकनको बहुमत कायम हुनेछ । 

    अमेरिकी राजनीतिक प्रणालीमा माथिल्लो सदन सिनेटलाई निकै शक्तिशाली मानिन्छ, जसले राष्ट्रपतिका हरेक कार्यमाथि कडा निगरानी राख्न सक्छ । -एजेन्सी

    २०७७, पौष २२ बुधवार०५:२७:२०
    प्रतिक्रिया
    सम्बन्धित समाचार