सीपीसी नेता लिउद्धारा भेटघाट तिब्र, आज प्रचण्डलाई भेट्दै

सीपीसी नेता लिउद्धारा भेटघाट तिब्र, आज प्रचण्डलाई भेट्दै

२०७९, आषाढ २७ सोमवार

  • 1.2K
    SHARES

  • सीपीसी नेता लिउद्धारा भेटघाट तिब्र, आज प्रचण्डलाई भेट्दै

    काठमाडौँ । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्दै छन् ।

    हिजो प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटघाट गरेका जियानचाओले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग भेटवार्ता गर्दैछन् । उनले प्रचण्डसँग अपराह्न चार बजे खुमलटारस्थित निवासमै पुगेर भेटवार्ता गर्ने कार्यक्रम छ ।

    उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतसँग पनि भेट्ने कार्यक्रम छ । मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर उनी बुधबार स्वदेश फर्किनेछन् ।

    सीपीसीका विदेश विभाग प्रमुख जियानचाओ आइतबार बिहान काठमाडौं आएका थिए । उनको सम्मानमा परराष्ट्रमन्त्री खड्काले आइतबार बेलुकी रात्रिभोज आयोजना गरेका थिए ।

    २०७९, आषाढ २७ सोमवार०८:३२:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार