अकस्मात भारत भ्रमणमा रहेका प्रचण्ड आज स्वदेश फर्किँदै

अकस्मात भारत भ्रमणमा रहेका प्रचण्ड आज स्वदेश फर्किँदै

२०७९, श्रावण १ आइतवार

  • 1.7K
    SHARES

  • अकस्मात भारत भ्रमणमा रहेका प्रचण्ड आज स्वदेश फर्किँदै

    काठमाडौँ । अकस्मात भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आइतबार स्वदेश फर्किँदै छन्।

    तीनदिने भारत भ्रमणका लागि दिल्ली पुगेका उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर आजै स्वदेश फर्किँन लागेका हुन्।

    भारतीय सत्तारूढ पार्टी भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा प्रचण्ड शुक्रबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका थिए।

    उनले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए। त्यस्तै, भारतस्थित आफ्नो पार्टीका नेता कार्यकर्तासँग पनि भेट गरेका थिए।

    उनी भन्दा तीन दिन अगाडी भारत पुगेकी प्रधानमन्त्री पत्नी आरजु राणा पनि दिल्ली भेटघाटमा व्यस्त छिन् ।  

    २०७९, श्रावण १ आइतवार०९:०५:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार