आजबाट कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप लगाइँदै 

आजबाट कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप लगाइँदै 

२०७९, श्रावण ३ मंगलवार

  • 1.2K
    SHARES

  • आजबाट कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप लगाइँदै 

    काठमाडौँ । आजबाट काठमाडौँमा १८ वर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । 

    जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ । 

    आजबाट ६ गतेसम्म बुस्टर खोप अभियान सञ्चालन हुनेछ। बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौँका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । 

    दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्छ । ज्वरो आइरहेका र अरू कारणले बिरामी भएकालाई खोप नलगाउन डाक्टरले सुझाव दिएका छन् । 

    २०७९, श्रावण ३ मंगलवार०७:२३:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार