मलेसियामा कोरोना सङ्क्रमित बढ्दै, थप सात जनाको मृत्यु

मलेसियामा कोरोना सङ्क्रमित बढ्दै, थप सात जनाको मृत्यु

२०७९, श्रावण ३ मंगलवार

  • 1.7K
    SHARES

  • मलेसियामा कोरोना सङ्क्रमित बढ्दै, थप सात जनाको मृत्यु

    क्वालालम्पुर। मलेसियामा पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या थप बढेको छ । गएको २४ घन्टा यतामात्र यहाँ तीन हजारभन्दा बढी सङ्क्रमित थपिएका बताइएको छ ।

    मलेसियाको स्वास्थ्य मन्त्रालयले यहाँ तीन हजार ८० जनामा गएको २४ घन्टा यता सङक्रमण थपिएको जनाएको छ । साथै सो सङ्क्रमणका कारण गएको २४ घन्टायता सात जनाको ज्यान पनि गएको जनाएको छ ।यहाँ अहिलेसम्म ४६ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका छन्, भने ३५ हजार ८६५ को ज्यान गएको छ ।

    यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तायता सङ्क्रमितहरुको सङ्ख्या बढेको र अस्पताल भर्ना हुनेहरु पनि बढेका जनाएका छन् ।

    यहाँका अधिकारीहरुले मलेसियामा अहिले पनि ४२ हजार भन्दा बढी सक्रिय सङ्क्रमित रहेका भन्दै स्वास्थ्यका मापदण्डहरु अपनाउन भनेका छन् ।एजेन्सी ।

    .

    २०७९, श्रावण ३ मंगलवार१२:०८:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार