नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमण दिनहुँ बढिरहेको छ। पछिल्लो २४ घण्टामा कोरोनाका कारण २१ हजार ८८० संक्रमित भएका छन्।
योसँगै भारतमा महामारी सुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ४७ हजार ६५ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ६० जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म कोरोनाबाट ५ लाख २५ हजार ९३० जनाको मृत्यु भएको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ४९ हजार ४८२ जना कोरोनाका सक्रीय संक्रमित छन्। कुल संक्रमितको शून्य दशमलब ३४ प्रतिशत सक्रीय संक्रमित छन्। मन्त्रालयका अनुसार कोरोना निको दर ९८ दशमलब ४६ प्रतिशत छ। -एजेन्सी ।