जमिन उपयोग गर्नेमा धनकुटा पहिलो जिल्ला

जमिन उपयोग गर्नेमा धनकुटा पहिलो जिल्ला

२०७९, श्रावण ९ सोमवार

  • 1.6K
    SHARES

  • जमिन उपयोग गर्नेमा धनकुटा पहिलो जिल्ला

    धनकुटा । प्रदेश १ मा सबैभन्दा धेरै खेतीयोग्य जग्गाको उपयोग गर्ने जिल्लामा धनकुटा रहेको पाइएको छ । 

    प्रदेश १ कृषि मन्त्रालयको तथ्यांक अनुसार धनकुटामा कूल खेतीयोग्य जग्गा ९८ प्रतिशत उपयोग गरेको छ भने सबैभन्दा कम भने ओखलढुंगाले ४०.४१ प्रतिशत मात्रै उपयोग गरिरहेको छ । 

    धनकुटाका कूल ८९ हजार २ सय हेक्टरमध्ये खेतीयोग्य जग्गा भने ४० हजार ७२३ हेक्टर क्षेत्रफल मात्रै छ । जसमा ३९ हजार ९१० हेक्टर क्षेत्रफलमा बालीनाली लगाइने गरेको छ ।

    उता ओखलढुंगाको ५९ हजार ६३ हेक्टर क्षेत्रफल खेतीयोग्य रहेको भएपनि उपयोग भने २३ हजार ८७० हेक्टर मात्रै गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

    धनकुटापछि खेतीयोग्य जग्गा उपयोग गर्ने जिल्लामा सङ्खुवासभा रहेको छ । सङ्खुवासभाले कूल खेतीयोग्य जग्गा ३१ हजार ५९६ अर्थात ९६.८५ प्रतिशत जमिन उपयोग गरेको छ । 

    यस्तै मोरङले ९२, उदयपुरले ९१.५९, भोजपुरले ९१.३९ प्रतिशत खेतीयोग्य जग्गाको उपयोग गरेका छन् । झापाले ९१.१७, सुनसरीले ९०.९५, इलामले ९०, सोलुखुम्बुले ८९.५८, पाँचथरले ८६.०७, ताप्लेजुङले ८१.६७ र तेह्रथुमले ८१.६२ प्रतिशत खेतीयोग्य जग्गा उपयोग गरेका छन् ।

    २०७९, श्रावण ९ सोमवार०७:४५:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार