अमेरिकाको नर्थ क्यारोलाइनामा बस्ताकोटीको विसंगत बस्ती बिमोचन

अमेरिकाको नर्थ क्यारोलाइनामा बस्ताकोटीको विसंगत बस्ती बिमोचन

२०७९, श्रावण ९ सोमवार

  • 2.3K
    SHARES

  • अमेरिकाको नर्थ क्यारोलाइनामा बस्ताकोटीको विसंगत बस्ती बिमोचन

    काठमाडौँ । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइनास्थित  केरी शहरमा भानु जयन्तीको अवसर पारेर डा ऋषि बस्ताकोटीद्वारा लिखित मुक्तक संग्रह विसंगत बस्तीको बिमोचन गरिएको छ।  

    नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका सल्लाहकारहरु ई इश्वर देवकोटा, डा नारायण राजभण्डारी, नगेन्द्र नेउपाने, नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका अध्यक्ष नम्रता गुरागाई, नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाका अध्यक्ष आर पी पौडेल र मुक्तककार बस्ताकोटीले सामुहिक रुपमा पुस्तकको बिमोचन गरेका हुन् ।  

    कार्यक्रममा ई इश्वर देवकोटाले मुक्तककारको परिचय प्रस्तुत गर्दै बस्ताकोटीको साहित्यिक तथा सामाजिक योगदानको चर्चा गरेका थिए भने साहित्यकार नम्रता गुरागाईंले विमोचित पुस्तकको समिक्षा गरेकी थिइन् ।   

    डा अच्युत शर्मा र कल्पना घिमिरेले मुक्तककारलाई  शुभकामना व्यक्त गर्दै संग्रहभित्रबाट छानिएका मुक्तकहरु बाचन गरेका थिए । डा ऋषि बस्ताकोटीको दोस्रो साहित्यिक कृति विसंगत बस्ती बि एन पुस्तक संसारले हालसालै बजारमा ल्याएको हो।

    २०७९, श्रावण ९ सोमवार०८:०९:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार