जिफन्ट अध्यक्षमा श्रेष्ठ र महासचिवमा शर्मा निर्वाचित

जिफन्ट अध्यक्षमा श्रेष्ठ र महासचिवमा शर्मा निर्वाचित

२०७९, श्रावण १० मंगलवार

  • 1.7K
    SHARES

  • जिफन्ट अध्यक्षमा श्रेष्ठ र महासचिवमा शर्मा निर्वाचित

    ललितपुर । नेकपा एमालेको जनवर्गिय संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । 

    श्रावण ७ -१० ललितपुरको गोदावरीमा सम्पन्न महाधिवेशनले अध्यक्षमा बिनोद श्रेष्ठ र महासचिवमा लक्ष्मण शर्मालाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

    श्रेष्ठ यसअघि जिफन्टमै अध्यक्षको रुपमा कार्यरत थिए भने शर्मा नेपाल राष्ट्रिय शिक्षक संगठनका निवर्तमान अध्यक्ष तथा सार्क टिचर फेडेरेशनका महासचिव हुन् । 

    त्यस्तै उपाध्यक्षमा रमेस बडाल, बिदुर कार्की, जनक चौधरी, जितेन्द्र श्रेष्ठ, कमल गौतम, मन्जु कुमारी थापामगर र सिता लामा निर्वाचित भएका छन् ।

    त्यसैगरि उपमहासचिवद्धयमा नरनाथ लुइँटेल र कमला तामाङ, सचिवमा हरि कार्की, महेन्द्र श्रेष्ठ, कृष्ण केशी, स्मृती लामा, बेली माया घले, तारानिधी पन्त, बिजया खडका, भिम ज्वाला राई, किशोर धमला, रामहरी नेपाल, रुद्र खत्री, जित मल्ल, ठाकुर कुमार श्रेष्ठ, बिक्की श्रेष्ठ निर्वाचित भएका छन् । 

    महाधिवेशनमा देशभरबाट करिव १५ सय प्रतिनिधिको सहभागिता रहेको थियो । 

    २०७९, श्रावण १० मंगलवार०९:५४:४९
    प्रतिक्रिया
    सम्बन्धित समाचार