फिलिपिन्समा ७.१ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

फिलिपिन्समा ७.१ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

२०७९, श्रावण ११ बुधवार

  • 1.4K
    SHARES

  • फिलिपिन्समा ७.१ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

    नयाँ दिल्ली । फिलिपिन्सको डोलोरेस नजिक ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । राजधानी मनिलामा समेत भूकम्पको कडा धक्का महसुस गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

    अमेरिकी भौगर्भिक सर्वेका अनुसार भूकम्पको केन्द्रविन्दु डोलोरेसबाट ११ किलोमिटर दक्षिणपूर्वमा रहेको छ । यो राजधानी मनिलाभन्दा ३३६ किलोमिटर टाढा पर्दछ । भूकम्प १० किलोमिटर गहिराइमा थियो ।

    अमेरिकी भौगर्भिक सर्वेले ७.१ म्याग्निच्युटको भूकम्प गएको जनाएपछि कतिपयले ७.३ म्याग्निच्युट रहेको उल्लेख गरेका छन् ।

    भूकम्पले भएको क्षतिको विवरण आइसकेको छैन । यद्यपि सुनामी आउन सक्ने भएकाले सतर्कताको सूचना जारी गरिएको छ । -एजेन्सी । 

    २०७९, श्रावण ११ बुधवार०८:५५:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार