क्रोएसियाका प्रधानमन्त्रीलाई पनि कोरोना सङ्क्रमण

क्रोएसियाका प्रधानमन्त्रीलाई पनि कोरोना सङ्क्रमण

२०७७, मंसिर १६ मंगलवार

  • 1.9K
    SHARES

  • क्रोएसियाका प्रधानमन्त्रीलाई पनि कोरोना सङ्क्रमण

    मंसिर १६, बेल्ग्रेड ।

    क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिक कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । गत शनिबार उनकी श्रीमतीलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको पनि परीक्षण गरिएको थियो । 

    उनलाई पनि सङ्क्रमण पुष्टि भएपछि अहिले उनी दश दिनका लागि सेल्फ आइसोलेसनमा बसेका अधिकारीहरुले जानकारी दिएका छन् ।

    उनलाई पहिलो पटक परीक्षण गर्दा नेगेटिभ नै देखिएको थियो । तर स्वास्थ्यकर्मीहरूले फेरि परीक्षण गर्न सुझाव दिएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको अधिकारीहरूले जनाएका छन् ।  
     
    अहिले उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको जनाइएको छ । उनले घरबाटै आफ्ना कामहरु गरिरहनुभएको पनि अधिकारीहरुले बताएका छन् । 

    उनले आइसोलेसनमा बसेर कोरोनासम्वन्धी आधारभूत स्वास्थ्य सतर्कताहरु पालना गरेका उनका सहयोगीहरूले जानकारी दिएका छन् ।- एजेन्सी ।

    २०७७, मंसिर १६ मंगलवार०२:११:५४
    प्रतिक्रिया
    सम्बन्धित समाचार