मधेश प्रदेशमा ‘लेडिज’ साइकल खरिदमा १० करोड बढी भ्रष्टाचार

मधेश प्रदेशमा ‘लेडिज’ साइकल खरिदमा १० करोड बढी भ्रष्टाचार

२०७९, श्रावण १९ बिहिवार

  • 1.3K
    SHARES

  • मधेश प्रदेशमा ‘लेडिज’ साइकल खरिदमा १० करोड बढी भ्रष्टाचार

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा १० करोडभन्दा बढी अनियमितता भएको ठहरसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आयोगले बुधबार मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसालसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । मुद्दा दायर भएलगत्तै भुसालसहित कर्मचारी निलम्बित भएका छन् । भुसाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अतिरिक्त समूहका थिए । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

    तत्कालीन प्रदेश सचिव भुसाललाई ‘लेडिज साइकल खरिद कार्यमा सार्वजनिक खरिद ऐन, २०६३ ऐ, नियमावली, २०६४ र सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्देशिकामा भएको’ प्रावधानविपरीत अम्बिका ब्रान्डको साइकल आपूर्ति हुनुपर्नेमा सम्झौताविपरीत ‘ब्रान्ड नखुलेको कमसल र गुणस्तहीन साइकल खरिद गरी अनियमितता गरेको’ अभियोगमा १० करोड ३३ लाख ७ सय ५८ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । 

    प्रवक्ता भण्डारीका अनुसार तत्कालीन सचिवसहितको मिलेमतोमा अम्बिका ब्रान्डको साइकल खरिद गर्नुपर्ने ठेक्का सम्झौताअनुसार नभएको र गुणस्तरहीन ब्रान्डको साइकल खरिद गरेको अनुसन्धानबाट पुष्टि भएपछि भ्रष्टाचार मुद्दा दायर भएको हो ।

    त्यस्तै, आयोगले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनुषाका तत्कालीन सीडीई भगवान झाको हकमा १० करोड ३३ लाख ७ सय ५८ बिगो दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    साइकल किन्ने बोलपत्र मूल्यांकन समिति सदस्यसमेत रही खरिद सम्झौताअनुसार अम्बिका ब्रान्डको लेडिज साइकल आपूर्ति हुनुपर्नेमा ‘ब्रान्ड नखुलेको साइकल स्थानीय फार्मबाट खरिद गरी आपूर्ति गर्दासमेत आपूर्ति भएको साइकलको परीक्षण प्रतिवेदनबिना नै ठीक छ’ भनी सिफारिस गरेको अभियोगमा मुद्दा दायर भएको हो ।

    २०७९, श्रावण १९ बिहिवार०८:११:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार