आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेशनलाई सहयोग

आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेशनलाई सहयोग

२०७७, पौष २४ शुक्रवार

  • 2.0K
    SHARES

  • आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेशनलाई सहयोग

    पौष २४, किमाथाङ्का । 

    सङ्खुवासभाको मकालु गाउँपालिकास्थित मकालु युवा समाजले फजुल खर्च कटाएर रु एक लाख ७७ हजार ४७४ सहयोग जुटाएको छ । 

    समाजले राष्ट्रिय आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेसनलाई सो रकम सहयोग गरेको हो ।

    विभिन्न व्यक्तिसँग सङ्कलन गरेको रकम राष्ट्र निर्माणका लागि सहयोग गरिएको समाजका सहसंयोजक नवराज कार्कीले जानकारी दिए । 

    सामाजिक क्षेत्रमा विभिन्न काम गरिरहेको समाजले फाउण्डेसन र केन्द्रलाई रु ८८ हजार ७३७ का दरले सहयोग गरेको समाजका सहसंयोजक कार्कीले बताए ।

    युवाको फजुल खर्च कटाएर राष्ट्र निर्माण अभियानका लागि सहयोग सङ्कलन गरेको समाजका संयोजक नुर्बु शेर्पाले जानकारी दिए । 

    आविष्कार केन्द्रले युवासँगको समन्वयमा बाँदर, भालु तथा जङ्गली जनवार धपाउन प्रयोग हुने उपकरणसमेत उपलब्ध गराउने जनाएको छ । 

    बिहीबार नेपाल पत्रकार महासङ्घको कार्यालय खाँदबारीमा भएको कार्यक्रममा सहयोग रकमका बारेमा मकालु युवा समाजले जानकारी गराएको हो ।

    २०७७, पौष २४ शुक्रवार०२:२९:४२
    प्रतिक्रिया
    सम्बन्धित समाचार