काठमाडौं । अचाक्ली बढ्दै गएको महँगी र भ्रष्टाचारको विरुद्धमा नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले हस्ताक्षर अभियान संचालन गर्ने भएको छ ।
जनताको आवाज निरिह बन्दै गएकाले साउन २०, २१ र २२ गते विरोध स्वरुप काठमाडौं जिल्लाका १३८ वटै एमाले वडा कमिटीको कार्यालय या सार्वजनिक स्थानबाट हस्ताक्षर अभियान अगाडि बढाइएको एमाले केन्द्रीय सदस्य एवं सांसद सरिता न्यौपानेले बताइन् ।
त्यस्तै २३ गते सार्वजनिक स्थानबाट जनसंगठनहरुले हस्ताक्षर अभियान संचालन गर्नेछन् । उक्त संकलित हस्ताक्षरलाई पार्टी वडा कमिटीले निर्वाचित वडा समिति मार्फत र जनसंगठनले जिल्ला प्रशासन कार्यालय मार्फत साउन २५ गते प्रधानमन्त्री शेर बहादुर देउवालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको न्यौपानेले बताएकी छन् ।
महँगीकै विरोधमा यस अघि साउन १६ गते एमाले केन्द्रले पनि वृहत जुलुश तथा प्रदर्शन आयोजना गरेको थियो ।