पार्टीको कार्यक्रममा भागलिन जापान पुगे प्रचण्ड

पार्टीको कार्यक्रममा भागलिन जापान पुगे प्रचण्ड

२०७९, श्रावण २१ शनिवार

  • 2.1K
    SHARES

  • पार्टीको कार्यक्रममा भागलिन जापान पुगे प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान पुगेका छन्।

    नेपाल एयरलाइन्सको विमानमार्फत् उनी आज बिहान टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्।

    पार्टीको जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुन प्रचण्ड शुक्रबार साँझ जापान उडेका थिए।

    उनलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले विमानस्थलमा स्वागत गरे।

    प्रचण्डले शनिबार जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिबलको उद्द्घाटन गर्ने कार्यतालिका रहेको छ।

    यसैगरी, आइतबार प्रचण्डले हिरोसिमाको भ्रमण गर्ने छन्। यस्तै, उनले जापानको सत्तारूढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ।

    प्रचण्डको अनुपस्थितिमा नेता नारायणकाजी श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन्। छोरी गंगा दाहाल सहित ११ जनाको टोली लिएर जापान उडेका प्रचण्ड साउन २५ गते स्वदेश फर्किने छन्।

     

    २०७९, श्रावण २१ शनिवार०८:०५:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार