मंसिर १६, काठमाडौं ।
मंगलबार पनि सेयर बजार परिसूचक नेप्से २ हजार बिन्दुमा पुगेको छ । यसदिन ३.३५ अंकले बढेर नेप्से दुईहजार दशमलब ४० विन्दुमा पुग्यो । यो हालसम्मकै उच्च विन्दु हो । प्रि ओपनिङ सेसनमा १२ अंकले बढेको बजार कारोबार भएको १५ मिनेटमै ३० अंकले घटेको थियो ।
त्यसपछि २५ अंकसम्मले बढेको थियो । फेरि झरेको नेप्से कारोबार अन्तिम समयतिर पुनः फर्कदै ३ अंकले पोजेटिभ भएर रोकिएको हो ।
बैंकिङ्ग, विकास बैंक र होटल समूहमा दोहोरो अंकको गिरावट आयो भने उत्पादनमूलक समूह १ सय ७ अंक बढिले ओर्लियो ।
जीबन बीमा समूहमा सबैभन्दा उच्च २ सय १६ अंकको बृद्धि आयो भने टेलिकम सूचिकृत अन्य समूहमा पनि एकसय ७ अंकको बृद्धि आयो ।
यस्तै उत्पादनमूलक समूह ९९ अंकले बढ्दा जलविद्युत समूहमा पनि साढे ३८ अंकको बृद्धि आयो । निर्जिबन समूहमा ३४ अंकको गिरावट आउँदा वित्त समूहमा ७ अंकको गिरावट आयो ।
यस्तै नेपाल पुनर्बिमा कम्पनीको ३७ करोड ३४ लाख, र प्रभु बैंकको ३६ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भयो ।