मधेस प्रदेश सरकारद्वारा केन्द्रीय सरकारविरुद्ध आन्दोलनको घोषणा

मधेस प्रदेश सरकारद्वारा केन्द्रीय सरकारविरुद्ध आन्दोलनको घोषणा

२०७९, श्रावण २८ शनिवार

  • 1.3K
    SHARES

  • मधेस प्रदेश सरकारद्वारा केन्द्रीय सरकारविरुद्ध आन्दोलनको घोषणा

    जनकपुरधाम । प्रहरी समायोजन नगरेको भन्दै मधेस प्रदेश सरकारले केन्द्र (संघ) सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ।

    प्रदेश सरकारको पहिलो चरणको आन्दोलनअन्तर्गत प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिने मधेस सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री (गृह तथा संचार) भरत प्रसाद साहले जानकारी दिए।

    आज बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री साहले आन्दोलनको घोषणा गरेका हुन्।

    उनले एक साताअगाडि प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराए पनि सरकारले प्रहरी समायोजनमा चासो नलिएको बताए।

    आन्दोलनको पहिलो चरण अन्तर्गत भोलिदेखि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा प्रदेश सरकारका म्रन्त्रीहरू र सांसदहरूले धर्ना दिने उनले बताए।

    एक हप्तामा समेत संघ सरकारले प्रहरी समायोजन नगरे दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने उनले जानकारी दिए।

    २०७९, श्रावण २८ शनिवार१२:५५:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार