मलेसियामा बाढी : छ को मृत्यु, ५० हजार विस्थापित

मलेसियामा बाढी : छ को मृत्यु, ५० हजार विस्थापित

२०७७, पौष २५ शनिवार

  • 2.8K
    SHARES

  • मलेसियामा बाढी : छ को मृत्यु, ५० हजार विस्थापित

    पौष २५, मेन्ताकाब ।

    मलेसियामा अत्यधिक बर्षापछि आएको बाढीमा परेर कम्तीमा छ जनाको मृत्यु भएको छ । 

    देशको पूर्वीतटीय क्षेत्र पाहाङ राज्यमा आएको बाढीका कारण अरु ५० हजारभन्दा बढी विस्थापित भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

    बर्षापछि तटीय क्षेत्रमा पानी भरिएर मानवीय क्षति भएको प्रत्यक्षदर्शीहरूको भनाइ छ । उनीहरुले आधा शतब्दीकै सवैभन्दा खराब बाढी आएको पनि बताएका छन् ।  

    घटनास्थलमा पिडितहरूलाई उद्धारका लागि ठूलो सङ्ख्यामा उद्धारकर्ताहरु परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् ।

    बाढी गएको क्षेत्रमा लगातार बाक्लो बर्षा भएको थियो । बर्षापछिको बाढीले बस्ती डुवानमा परेपछि ४७ हजारभन्दा बढी मानिस विस्थापित भएको सरकारी प्रारम्भिक तथ्याङ्का छ । 

    “बाढीका कारण मैले मेरो सबै जायजेथा गुमाएको छु, बाढीले मेरो घरको छानो समेत डुवाएको छ,” कारखानामा काम गर्ने ५९ बर्षिय मजदुर तान कोङ लेङले भने । घटनाका बारेमा बताइरहँदा उनले आखाँबाट आशु झारिरहेका थिए ।  

    घटना भएको क्षेत्रमा हरेक बर्ष बढी बर्षा भएको बेला बाढीले दुःख दिने गरेको छ । बाढीका कारण मानवीय तथा भौतिक क्षति पनि हुने गरेको स्थानीयले बताएका छन् । 

    बाढीका कारण मुख्य राजमार्गसहित धेरै सडक सञ्जालमा क्षति भएकाले यातायात सेवा पनि प्रभावित भएको छ ।-एजेन्सी । 

    २०७७, पौष २५ शनिवार०७:२३:०६
    प्रतिक्रिया
    सम्बन्धित समाचार