कोरोनाका कारण लेबनानमा १० चिकित्कसको मृत्यु, १५ आइसियुमा

कोरोनाका कारण लेबनानमा १० चिकित्कसको मृत्यु, १५ आइसियुमा

२०७७, पौष २५ शनिवार

  • 1.6K
    SHARES

  • कोरोनाका कारण लेबनानमा १० चिकित्कसको मृत्यु, १५ आइसियुमा

    पौष २५, बेरुत ।

    कोरोनाभाइरसबाट सङ्क्रमित भएर लेबनानमा १० चिकित्सकको मृत्यु भएको छ । कोरोनाबाट सङ्क्रमित भएकामध्ये अरु १५ चिकित्सक अति सघन कक्षमा उपचार गराइरहेका छन् भने झण्डै २०० जना क्वारेन्टिनमा रहेका छन् ।

    लेबनानको चिकित्सासम्वन्धी एउटा सवैभन्दा ठूलो संस्थाका प्रमुख रहेका चाराफ अबोले भने, “महामारीले नराम्ररी सताउने छ, सवै आम नागरिक अत्यन्त संवेदनशिल र सचेत हुन आवश्यक छ, स्वास्थ्यकर्मीहरुले पनि काम गर्दा उच्च सतर्कता अपनाउनु पर्छ ।”

    लेबनानमा बिहीबार मात्रै चार हजार ७७४ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई लाख चार हजार ६९९ रहेको अधिकारीहरुले जनाएका छन् ।

    त्यसैगरी पछिल्लो दिन थप १६ जनाको कोरोनाका कारण मृत्यु भएसँगै कुल मृतकको सङ्ख्या एक हजार ५६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।- एजेन्सी । 

    २०७७, पौष २५ शनिवार०७:२६:१७
    प्रतिक्रिया
    सम्बन्धित समाचार