युवा खेलाडी हालान्डको ह्याट्रिकमा सिटीको सानदार पुनरागमन जित

युवा खेलाडी हालान्डको ह्याट्रिकमा सिटीको सानदार पुनरागमन जित

२०७९, भाद्र १२ आइतवार

  • 1.1K
    SHARES

  • युवा खेलाडी हालान्डको ह्याट्रिकमा सिटीको सानदार पुनरागमन जित

    लन्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सानदार पुनरागमन जित हासिल गरेको छ। शनिबार राति सिटीको घरेलु मैदानमा क्रिश्टल प्यालेस विरुद्ध भएको खेलमा सिटीले ४–२ को जित निकाल्यो।

    पहिलो हाफमा २–० ले पछि रहेको सिटीले दोस्रो हाफमा यसै वर्ष सिटी आएका एर्लिङ हालान्डको ह्याट्रिकमा ४–२ को सानदार जित निकाल्यो।

    खेलमा चौंथो मिनेटमानै सिटीका जोहन स्टोनेसको आत्माघाती गोल मार्फत क्रिश्टल प्यालेसले अग्रता लिएको थियो। २१ औ मिनेटमा क्रिश्टल प्यालेसले अग्रता दोब्बर बनायो। उसका लागि जोचिम एडरसनले गोल गर्दा सिटी पहिलो हाफमा दबाबमा परेको थियो।

    पहिलो हाफमा निरासाजनक रुपमा २–० ले पछि रहेको सीले दोस्रो हाफमा भने सानदार पुनरागमन गर्योफ। सिटीको पुनरागमनमा एर्लिङ हलान्डले ह्याट्रिक पूरा गरेका थिए।

    रोड्रिको पासलाई सदुपयोग गर्दै बर्नान्डो सिल्भाले सिटीलाई खेलमा फर्काए। सिटीले ६२ औ मिनेटमा हलान्डको गोलमार्फत खेलमा २–२ गोलको बराबरी गरे।

    हालान्डलेनै टिमलाई अग्रता दिलाउने क्रममा ७० औं मिनेटमा तेस्रो गोल गर्दा ८१ औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए। -एजेन्सी । 

    २०७९, भाद्र १२ आइतवार०७:१७:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार