तेस्रो टी–ट्वान्टीमा केन्याविरुद्ध नेपालको सानदार जीत

तेस्रो टी–ट्वान्टीमा केन्याविरुद्ध नेपालको सानदार जीत

२०७९, भाद्र १३ सोमवार

  • 1.1K
    SHARES

  • तेस्रो टी–ट्वान्टीमा केन्याविरुद्ध नेपालको सानदार जीत

    काठमाडौँ । केन्याविरुद्धको तेस्रो टी–ट्वान्टी अन्तरराष्ट्रिय खेलमा नेपाल विजयी भएको छ । केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा आइतवार भएको खेलमा नेपालले केन्यालाई चार विकेटले हराएको हो । 

    केन्याले दिएको एक सय ५७ रनको लक्ष्य नेपालले १९ दशमलव तीन ओभरमा छ विकेट गुमाएर एक सय ६० रन बनाएर पूरा गर्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए । यस्तै डेब्यु खेलाडी अर्जुन साउदले ३५ रन बनाए ।

    रोहित पौडेल २९ रनमा आउट हुँदा पवन सर्राफले २० रन बनाए । आदील अन्सारीले १६ रन जोड्दा दीपेन्द्र सिंह ऐरी छ रनमा आउट भए । आरिफ शेख चार रनमा अविजित रहँदा करण केसी शून्य रनमा अविजित रहे । 

    केन्याका भिराज पटेल र युगिनी ओचिङले दुईरदुई विकेट लिए भने इमान्युएल बुन्डी र कोलिन्स ओबुयाले एकरएक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा दुई विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो ।

    केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ खेले । पटेलले अविजित रहँदै ७३ रन बनाए । यस्तै ४७ बलमा चार चौका र दुई छक्का प्रहार गरेका करिम ५५ रनमा अविजित रहे । कोलिन्स ओबुयाले १८ रन जोड्दा सुखदीप सिंहले आठ रन जोडे । नेपालका लागि सोमपाल कामी र आदील अन्सारीले एक÷एक विकेट लिए ।

    यस जितसँगै पाँच खेलको सिरिजमा नेपालले २–१ को अग्रता बनाएको छ । यसअघिको पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो । अब नेपाल र केन्याबीच चौथो टी–ट्वान्टी खेल भोलि सोमबार हुनेछ । 

    २०७९, भाद्र १३ सोमवार०७:३३:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार