कर्णाली प्रदेशमा कृष्णा शाह र रातो कामी मन्त्री नियुक्त

कर्णाली प्रदेशमा कृष्णा शाह र रातो कामी मन्त्री नियुक्त

२०७९, भाद्र १३ सोमवार

  • 1.5K
    SHARES

  • कर्णाली प्रदेशमा कृष्णा शाह र रातो कामी मन्त्री नियुक्त

    कर्णाली । कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रातो कामी नियुक्त भएका छन् ।

    नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलले मन्त्रीमा सिफारिस गरेका माओवादी केन्द्र प्रदेशसभा दलका प्रमुख सचेतक शाह र प्रदेशसभा सदस्य कामीलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले आज योजना र ऊर्जा विकास मन्त्रीमा नियुक्त गरेका हुन् ।  

    माओवादी केन्द्रले प्रदेश सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएसँगै दुवै मन्त्रीले आइतबार मुख्यमन्त्री शाहीसमक्ष राजीनामा दिएका थिए । उक्त राजीनामा स्वीकृत भएसँगै रिक्त रहेको पदमा मुख्यमन्त्री शाहीले शाह र कामीलाई मन्त्रीमा नियुक्त गरे । 

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिवालयका अनुसार नवनियुक्त दुई मन्त्रीको नाम प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । 

    प्रदेश प्रमुखको कार्यालयमा आज दिउँसो ३ बजे उनीहरुलाई शपथ ग्रहण गर्ने कार्यक्रम रहेको कर्णाली प्रदेश सरकारले जनाएको छ । 

    २०७९, भाद्र १३ सोमवार०३:५६:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार