काठमाडौं १ 'ख' प्रदेशसभामा चर्चित युवा नेता थापाको दाबी, समकालिन भन्छन् उत्कृष्ट

काठमाडौं १ 'ख' प्रदेशसभामा चर्चित युवा नेता थापाको दाबी, समकालिन भन्छन् उत्कृष्ट

२०७९, भाद्र १४ मंगलवार

  • 1.4K
    SHARES

  • काठमाडौं १ 'ख' प्रदेशसभामा चर्चित युवा नेता थापाको दाबी, समकालिन भन्छन् उत्कृष्ट

    काठमाडौं । आसन्न मंसिर ४ गते हुने आम निर्वाचनले देशकै माहोल तातिँदै गएको छ । 

    कुन क्षेत्रबाट को उमेदवार बन्ला भन्ने जनताको जिज्ञासा बढिरहँदा उमेदवारीको घोषणा गर्ने क्रम पनि तिब्र बन्दै गईरहेको छ ।  

    आइतवार नेकपा एमाले काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं १ ख को प्रदेश सभाका लागि क्षेत्रका चर्चित युवा नेता नयन बहादुर थापाले उमेदवारी घोषणा गरेका छन् । वडा कमिटीद्धारा आयोजित तिज कार्यक्रम पछि पत्रकारसँगको कुराकानीमा थापाले उमेदवारी दिने बताएका हुन् । 

    वि.सं. २०४३ सालमा प्रारम्भिक कमिटीबाट राजनीति शुरु गरेका थापा प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र राई, प्रमुख सचेतक विशाल भट्टराई, केन्द्रीय नेता रुप नारायण श्रेष्ठका समकालिन मानिन्छन् ।

    २०४६ सालको जनआन्दोलनताका वानेश्वर कोटेश्वर क्षेत्रका लागि विद्यार्थी नेतृत्व गरेका थापा जुझारु र ओझेलमा परेका इमान्दार कार्यकर्तामा गनिन्छन् । वि.सं २०४९ सालमा मिनभवन क्याम्पसको स्ववियु सदस्य जितेका थापाले केही समय प्रवाश कमिटीमा समेत पार्टी काम गरेका थिए । 

    खेल क्षेत्रमा असाध्यै रुची राख्ने, अनुशासनलाई मूलमन्त्र मान्ने, सरल र मिजाशिलो स्वभावका थापा नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य एवं राष्ट्रिय भुतपुर्व शैनिक तथा प्रहरी संगठनका इन्चार्ज समेत हुन् । 

    तिसौँ वर्षदेखि फरक फरक वडा नं ले चिनिँदै आएको हालको वडा नं ३१ मा बसोबास गर्ने थापाका समकालिनले उत्कृष्ट युवाको दाबीले वडामा फरक रौनक आउने बताएका छन् । विभिन्न क्लव, सामाजिक संघसंस्थामा आबद्धरहेका वानेश्वर निवासी थापा स्थानिय तहमा डटेर काम गर्न सक्ने अनुशासित कार्यकर्ताको रुपमा चिनिन्छन् । 

    एउटा मात्र वडा रहेको यस प्रदेशमा यस अघि एमालेबाटै गणेश प्रसाद दुलाल निर्वाचित भएका थिए । दुलाल संघमा आकांछी देखिए पछि यस प्रदेशमा पार्टी प्रदेश कमिटी तथा जिल्ला कमिटीमा रहेका अन्य नेताहरुको समेत दावेदारी रहने देखिएको छ ।

    यसरी दावी गर्नेहरुमा पुर्व वडाध्यक्ष नारायण प्रसाद भण्डारी, विशेष प्रदेश कमिटी सदस्य केशव घिमिरे, जिल्ला कमिटी सदस्य उज्जन श्रेष्ठ, जिल्ला कमिटी सदस्य एवं क्षेत्रीय संयोजक धन बहादुर अछामी, पुर्व वडा सदस्य रमेश सत्याल लगाएत रहेका छन् ।

    वामपन्थी बहुल क्षेत्र र विगतमा वडा एवं प्रदेश सभासदले गरेका निर्माणका कार्यले जनता सन्तुष्ट रहेको अनुमान गरिँदा जो उमेदवार बने पनि एमालेले नै जित्ने अवस्था रहेको युवा नेता केपी ओलीले बताएका छन् ।

    यद्यपि अवसरको वितरण भने समानुपातिक ढंगबाट हुन पर्नेमा उनको जोड देखिन्छ । 

    काठमाडौं १ ख प्रदेश सभाका लागि एमाले उमेदवारको ताँती

    २०७९, भाद्र १४ मंगलवार०९:३९:१०
    प्रतिक्रिया
    सम्बन्धित समाचार