नेपाल र केन्या विचको अन्तिम खेल आज, दुवै २-२ को अवस्थामा

नेपाल र केन्या विचको अन्तिम खेल आज, दुवै २-२ को अवस्थामा

२०७९, भाद्र १४ मंगलवार

  • 1.2K
    SHARES

  • नेपाल र केन्या विचको अन्तिम खेल आज, दुवै २-२ को अवस्थामा

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगलबार घरेलु टोली केन्याविरुद्ध अन्तिम टी-२० मा प्रतिस्पर्धा गर्दै छ। नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो ३:४५ मा सुरु हुनेछ।

    पाँच खेलको सिरिजमा चार खेल सकिंदा सिरिज २-२ को बराबरी भएको छ। अब सिरिजको टुंगो अन्तिम खेलले गर्ने छ। सोमबार भएको लो स्कोरिङ खेलमा नेपाल ७ रनले पराजित हुँदा सिरिजको निर्णय अन्तिम खेलमा पुगेको हो।

    नेपाल विरुद्व दुई जित निकालेको केन्या आफु भन्दा १५ स्थान माथि बरियतामा रहेको नेपाललाई पराजित गर्दै सिरिज घरमानै राख्ने लक्ष्यमा रहेको छ। त्यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो।

    दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो। यस्तै तेस्रो खेलमा नेपालले ४ विकेटको जित निकालेको थियो। टी-२० सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्ने छ। टी-२० सिरिजपछि नेपालले ३ खेलको एकदिवसीय खेल खेल्ने छ।

    २०७९, भाद्र १४ मंगलवार०३:१७:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार